यसकारण पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हङकङमा प्रहरीले पक्राउ गर्यो

काठमाडौं, १३ कात्तिक । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हङकङ अध्यागमनले शनिबार एक घण्टा नियन्त्रणमा लिएर छाडेको छ ।
चीनको ग्वान्झाओमा सिल्करोड सम्बन्धी सेमिनारमा मन्तव्य दिएर शनिबार नेपाली महावाणिज्य दूताबासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न हङकङ छिर्ने क्रममा पत्नी हिसिला यमी र सल्लाहकार विश्वद्वीप पाण्डेसहित भट्टराई हङकङ अध्यागमनको नियन्त्रणमा परेका हुन् ।
ग्वान्झाओबाट रेलमा सेन्झेन हुँदै हङकङ आउन लाग्दा अध्यागमनमा भट्टराईले आफ्नो परिचय नखुलाई पासपोर्ट मात्र देखाउँदा उनलाई केही छिनका लागि नियन्त्रणमा लिइएको खुल्न आएको छ ।
नेपालीहरू अनाधिकृत रुपमा प्रवेश गरेर शरणार्थी दावी गर्दै बस्ने गरेको भन्दै हङकङले हरियो पासपोर्ट बोक्ने नेपालीलाई भिसा दिन समेत कडाई गर्दै आएको छ । भिसा पाएकालाई नियन्त्रणमा लिएर दुःख दिँदै आएको छ ।
हङकङ पुगेलगत्तै नेपाली महावाणिज्य दूताबासको कार्यक्रममा भट्टराईले हरियो पासपोर्ट देखेर आफूलाई अपमान गरिएको बताए । ‘नेपाली हरियो पासपोर्ट अपहेलित भएको पहिले सुन्दै आएको थिए । अहिले म आफैँले अनुभूती गरेँ,’ उनले भने– ‘आज म आउँदै थिएँ, हङकङको अध्यागमनमा आइपुगेपछि अपमानपूर्ण व्यवहार गरियो ।’ झण्डै एक घण्टा नियन्त्रणमा राखेपछि गल्ती भयो भन्दै माफी मागेर आफूहरूलाई छोडिएको भट्टराईले बताए । दैनिक नेपाल बाट साभार
Share on Google Plus

About news khabar

0 comments:

Post a Comment