एउटा घरको अँध्यारो पर्व : जहाँ छोराछोरीले तिहार देख्न पाउँदैनन्



इटहरी, १६ कात्तिक – १६ वर्षअघिसम्म इटहरीकी २५ वर्षीया अस्मिता तामाङ तिहारमा खुब रमाइलो गर्थिन् । उनी भैली भट्याउँथिन् । अनि उनका २० महिना कान्छा भाइ सरोज देउसिरे भन्थे, भैलेनी भन्थे । १६ वर्ष अगाडिको तिहारका त्यस्ता प्रिय पल बिताएका यी दिदीभाइ न आज देउसिरे खेल्न सक्छन्, न खेलेको देख्न सक्छन् । न त पहिले खेलेको देउसिरेको अनुभव सुनाउन नै सक्छन् ।

उनीहरू पहिलेको भाइटीका अनुभव साटासाट गर्न पनि सक्दैनन् । केही गर्न नसक्नु नै यी दुईको सक्ने काम भएको छ । आठ वर्षको हुँदा आँखाको ज्योति गुमाइन् अस्मिताले । भाइ सरोजले नौ वर्षमा आँखाको उज्यालो गुमाए । अाँखाको उज्यालो गुमाएको केही वर्षपछि बोली पनि गुम्यो । खुट्टा लुला हुन थाले । क्रमशः उनीहरूका हिँड्ने रहरहरू घरको एउटा कोठामा थुनिए । बोल्न छाडे ओठहरूले । आमा मनमाया तामाङले अब आवाज हैन, इशारामा छोराछोरीको भाका बुझ्नुपर्ने दिन आए ।

जन्मँदा सकुशल जन्मेका आफ्ना शुरूका दुई सन्तान मात्रै हैन, पछिका दुई छोराछोरी समेत आँखा नदेख्ने छन् मनमाया तामाङका । सत्र वर्षीया कान्छी छोरी सुस्मिता र ११ वर्षीय कान्छा छोरा सन्दीप पनि सात वर्ष कट्नासाथै दृष्टिविहीन भए । यत्ति मात्रै हैन, मनमायालाई बेलाबेला मुर्छा परिहाल्ने सबै सन्तानको दर्दले दुःख दिइरहन्छ ।

गाईतिहारको बिहान ११ बजे इटहरी—२ स्थित निवास पुग्दा मनमाया आफ्ना २३ वर्षीय छोरा सरोजलाई खाना खुवाइरहेकी थिइन् । भर्खरै खाना खुवाइएकी जेठी छोरी अस्मिता भने सुतिरहेकी थिइन् । बोल्न र देख्न नसक्ने उनीहरू आफ्नै सुरमा थिए । उता कान्छी छोरी सुस्मिता भने आमाकै छेवैमा बसेर बिस्तारै खाना खाइरहेकी थिइन् । कान्छा छोरा सन्दीप भने पल्लो कोठामा बसेर मोटुपत्लु नामको कार्टुन हेर्दै थिए । हँसिला सन्दिप बोल्न धकाएनन् ।

‘अनि आँखा नदेखी कसरी टिभी हेर्नु ?’

‘आवाज सुनेर हेर्छु ।’

‘आवाज सुनेर हेर्दा मज्जा आउँछ ?’

‘अलिअलि आउँछ ।’

टिभी प्रसंगपछि तिहारको प्रसंग निकाल्नासाथै सन्दीप उज्याला भए । पहिले आँखा देख्दा हवाईचौक, पशुपति स्कूल, आर्मी क्याम्प, हलगडा हुँदै आफ्नो घरसम्म साथीहरूसँग एक चक्कर लगाउने गरेको सुनाएका सन्दीप अहिले घरमै बस्छन् । पहिले पहिले फूल लाएका कुकुर, गाई–गोरु हेरेर र देउसे देखेर तिहार आएको थाहा पाउने सन्दीप आजकल पटका पड्काएको सुनेर तिहारको बास्ना महसूस गर्छन् ।

चार वर्षअघिसम्म आँखा देख्दा साथीहरूसँग देउसी खेल्ने र पिङ खेल्ने उनी आजकल पनि कसैले सहयोग गरेमा पिङ खेल्छन् र घर नजिकतिर देउसीभैलो पनि खेल्छन् । तर ‘पिंग र साथीहरूको अनुहार’ भने देख्न पाउँदैनन् ।

सत्र वर्षीया सुस्मिता तामाङ भने पहिलेदेखि नै अलिक आत्मकेन्द्री स्वभावकी थिइन् । उनीसँग तिहार मनाएका त्यस्ता सम्झनलायक क्षणहरू छैनन् । तर भाइटीका लाएका केही सम्झनाहरू भने छन् । अकमकिँदै बोल्ने सुस्मिताले भनिन्, ‘बदाम, केरा, कुखुराको मासु खाएको याद आउँछ । र कहिलेकाहीँ देउसी खेलेको पनि याद आउँछ ।’ उता सन्दीप त आफ्ना दिदीहरूलाई ३ सय ७५ रुपैयाँ दक्षिणा दिएको पनि सम्झन्छन् ।

तिहारको आनन्द हेर्न नपाएका उनीहरूले विगत केही वर्षहरूमा लगातार तिहार मान्न पनि पाएका छैनन् । यो साल पनि त्यस्तै भएको छ । मनमायाकी सासु खसेकाले योपालीको तिहार रोकिएको छ । गत वर्ष मनमायाकी आमा बित्नुभयो । आमाको प्राणत्याग लगत्तै १० महिनामै आफ्नी बहिनी समेत बितिन् । यसरी यो तामाङ परिवारमा अँध्यारो तिहार मनाएको थुप्रै भएको छ ।

तिहार मनाउन नपाएका आफ्ना छोराछोरीको दैनिक स्याहार गर्ने मनमाया आँखा नदेख्नु त छँदैछ, बोली बन्द हुनु र शरीर नचल्नुले थप पीडित भएको बताँउछिन् । धमिलो अनुहार लगाउँदै मनमायाले भनिन्, ‘अरूका २३ वर्षीय छोराले आमाबाबु पाल्छन्, हामी अझै छोराछोरी नै पाल्दैछांै ।’

सन्तानले पालेनन् भन्ने पीर भन्दापनि किन सरसाउँदा सन्तानहरू एकाएक आँखा गुमाँउछन् भन्ने प्रश्नले पीर बढेको छ मनमायालाई । डाक्टरलाई देखायो हेरिडिटी (वंशाणुगत) रोग भन्छ । यो कुरामा मनमायालाई पत्यार लाग्दैन किनभने मनमायाको माइतीतिर कोही पनि दृष्टिविहीन छैनन् । घरतिर पनि छैनन् । धामीहरूलाइ देखायो, जंगली लाग्यो भन्छन् । कुल बिग्रियो भन्छन् ।

‘जंगली लाग्नेगरी जंगलको बाटो हिँडेको छैन र कुलपूजा गरेकै छ,’ आँसु थाम्दै मनमाया प्रश्न गर्छिन्, ‘जंगली लागेर र कुल बिग्रेर मेरा सबै सन्तानको आँखा बिगार्ने हाम्रो गल्ती के हो ?’

बच्चाको आँखा जँचाउन धरानको बीपी प्रतिष्ठानदेखि भारतको सिलगुडी हुँदै काठमाडौंसम्म कहाँ कहाँ मात्रै पु-याइनन् मनमायाले आफ्नो सन्तानको उपचार गर्न । अनेकले अनेक अनेक सल्लाह दिए । एकजना लामाले त बाघको दूध लाएमा निको हुने प्रसंग निकाल्दै मनमाया भन्छिन्, ‘त्यस्तो पनि सल्लाह हुन्छ । काँ पाउँछ बाघको दूध ? कस्ले ल्याउने बाघको दूध ?’

सन्तानले पालेनन् भन्ने पीर भन्दापनि किन सरसाउँदा सन्तानहरू एकाएक आँखा गुमाँउछन् भन्ने प्रश्नले पीर बढेको छ मनमायालाई । डाक्टरलाई देखायो हेरिडिटी (वंशाणुगत) रोग भन्छ । यो कुरामा मनमायालाई पत्यार लाग्दैन किनभने मनमायाको माइतीतिर कोही पनि दृष्टिविहीन छैनन् । घरतिर पनि छैनन् । धामीहरूलाइ देखायो, जंगली लाग्यो भन्छन् । कुल बिग्रियो भन्छन् ।

‘जंगली लाग्नेगरी जंगलको बाटो हिँडेको छैन र कुलपूजा गरेकै छ,’ आँसु थाम्दै मनमाया प्रश्न गर्छिन्, ‘जंगली लागेर र कुल बिग्रेर मेरा सबै सन्तानको आँखा बिगार्ने हाम्रो गल्ती के हो ?’

बच्चाको आँखा जँचाउन धरानको बीपी प्रतिष्ठानदेखि भारतको सिलगुडी हुँदै काठमाडौंसम्म कहाँ कहाँ मात्रै पु-याइनन् मनमायाले आफ्नो सन्तानको उपचार गर्न । अनेकले अनेक अनेक सल्लाह दिए । एकजना लामाले त बाघको दूध लाएमा निको हुने प्रसंग निकाल्दै मनमाया भन्छिन्, ‘त्यस्तो पनि सल्लाह हुन्छ । काँ पाउँछ बाघको दूध ? कस्ले ल्याउने बाघको दूध ?’

कुनै बेला ६ वर्षबाटै फुर्तीफार्ती गर्ने आफ्ना सन्तानको सुखद भविष्यको चित्र सोच्ने मनमाया अहिले २३ वर्षीय छोराको दाह्री आफंै काट्दिने अवस्थामा पुगिन् । २५ वर्षिया बोल्न/हिँड्न नसक्ने छोरीको मलमूत्र स्याहार्ने समस्यामा छिन् । आँखा नदेख्ने र हातगोडा लुला हुँदै गएकी कान्छी छोरीको पनि सम्पुर्ण स्याहार मनमाया आफैंले गर्नुपर्छ । अझ, बढेका छोरीहरूको महिनावारी सरसफाई समेत उनी आफैंले गर्नुपर्छ ।

नेपाली सेनामा पूर्वहवल्दार पतिको १० हजारको पेन्सनले सबै घरखर्च र नानीहरूको स्याहार नपुग्ने बताएकी मनमाया प्रत्येक तिहारमा थप चिन्तामा पर्छिन् । टोलमा हुल बाँधिएर देउसी खेल्ने केटाकेटी हेर्दा आफ्ना सन्तान सम्झेर उनको मन अमिलो हुन्छ । जेठी छोरी र जेठा छोरासँगैका साथीहरू चाडबाड मनाउन घर फर्केर रमाइलो गर्दा छोराछोरीको समस्या सम्झेर उनको मन कुँडिन्छ ।

आँखा नदेखेपनि उताउता हिँड्ने कान्छा छोरा सन्दीपको पनि आँखाको ज्योति गुमेको सम्झिँदा मनमायालाई ठूलो सकस हुन्छ । ‘सन्दीपले आँखा देखेको भए तिहारमा डुल्न पाउँथ्यो,’ मनमायाले भनिन्, ‘आँखै नदेखेपनि मुर्छा नपर्ने भए तिहार आएको त देख्थ्यो ।’ आमाले असहजताका साथ यस्तो बोलेको सुनेका हँसिला सन्दीप बोलिहाले, ‘किन देख्दिनँ तिहार आएको ? देख्छु नि । पटका पड्केपछि र देउसी भैलो सुनेपछि देखिहाल्छु नि ।’
Share on Google Plus

About news khabar

0 comments:

Post a Comment