देउसेसँग नाचेको निहुँमा श्रीमतीको हत्या



काठमाडौं, २० कात्तिक । मदिरामा मात्तिएका एक पुरूषले देउसेसँग नाचेको निहुँमा श्रीमतीको हत्या गरेका छन्। नागार्जुन बस्ने राजकुमार विष्टले तिहारको लक्ष्मीपूजाको दिनमा कुटेर श्रीमतीको हत्या गरेका हुन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – साँझ भट्टीमा मदिरा पिएर फर्कदा श्रीमती लक्ष्मी विषट विक देउसेसँग नाचिइरहेकी थिइन्। उनले परपुरूषसँग नाचेको भन्दै श्रीमतीलाई कोठामा लगेर आग्लोले हानी हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि उनले श्रीमती मृत अवस्थामा भेटिएको भन्दै प्रहरीलाई फोन गरेका थिए। तत्कालै प्रहरीले उनलाई पक्राउ गरेको थियो। सोधपुछ गर्दा आफैँले आग्लाले हानेर हत्या गरेको स्विकारेको प्रहरीको भनाई छ ।

Share on Google Plus

About news khabar

0 comments:

Post a Comment