काठमाडौं, १७ कात्तिक । नेपालको तीन दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई कालो झण्डा देखाउन विमानस्थल पुगेका दुई जना पक्राउ परेका छन् ।भारतीय हस्तक्षेपको विरोध स्वरुप मुखर्जीलाई कालो झण्डा देखाउन प्रयास गर्ने ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल र सचिव रामचन्द्र खड्का पक्राउ परेका हुन् ।मुखर्जीलाई कालो झण्डा देखाउन पुगेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको मुलगेटको नजिकबाट बुधबार बिहान साढे ११ बजे पक्राउ परेका हुन् । पक्राउ परेका नेपाल र खड्कालाई प्रहरीले गौशाला प्रहरीमा राखेको छ ।
0 comments:
Post a Comment