![]() |
काठमाडौं १८ कार्तिक । राजधानी काठमाडौँमा हिजोदेखि अघोषित रुपमा कर्फ्यु लागेको छ । यो कुरा बुधबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै राजधानीमा देखिन थालेका दृश्यहरु हुन् ।
यि दृश्यहरु तत्कालीन शाह शासक ज्ञानेन्द्र शाहको पालमा देखिएकै शैलीमा दिनदहाडै सर्वसाधारण र गर्भवती अनि सुत्केरीलाई तातो सडकमा हिँडाएर प्रचण्ड सरकारले आफ्नो निरंकुशताको हद पार गर्दैछ ।
सडकमा नेपाली सेनाले स्थल गस्ती गरेको थियो भने आकाशमा हेलीकोप्टरले हवाइ गस्ती गरेका दृश्यहरु कुनै कर्फ्यु भन्दा कम छैनन् । जुन दृश्यहरु मुखर्जीको सवारी भएका रुटमा सर्वसाधारण अधिकार हनन गरेरै भएपनि प्रचण्ड सरकारले ज्यादती नै गरेको हो ।
सरकारले मुखर्जीको सबारीलाई मात्र ध्यान दियो तर आफ्नै देशका बिरामी आसय र सुत्केरी लाई समेत बेवास्ता गर्दै यातायात ठप्प पार्दै गर्दा आफ्नै देशका जनताले पाएको दुखको महशुस समेत गर्न सकेन । जसको काठमाडौँमा मात्रै नभई देशभर आलोचना भइरहेको छ
![]() |

0 comments:
Post a Comment