![]() |
काठमाडौं २३ कार्तिक – पाकिस्तानको एक मासिक पत्रिकाले नेपाली राजनीतिज्ञहरु भारतसँग लम्पसार गर्ने गरेको भन्दै फिचर प्रकाशित गरेको छ । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि भारतमा विक्ने नेताको सूचीमा थपिएको पाकिस्तानी मिडिया विश्लेषण छ ।
पाकिस्तानबाट प्रकाशित हुने माषिक पत्रिका साउथ एसिया फोरुममा फैजान उसामीले प्रचण्डको पछिल्लो सत्तारोहण पनि भारतकै चाहानामा भएको भन्दै लामो फिचर लेखेका छन् । नेपालमा प्रधानमन्त्री बनेपछि आशिर्वाद थाप्न भारत जाने गरेको र प्रचण्डले पनि यही परंपरालाई निरन्तरता दिएको उनको विश्लेषण छ । नेपालबाट प्रकाशित हुने पत्रिका नेपाली टाइम्सलाई उद्धृत गर्दै उक्त फिचरमा प्रचण्डले दिल्लीमा एक खालको प्रभाव दिन सफल भएपनि नेपालमा भने उनी पनि भारतमा विक्ने नेताको सूचीमा थपिएको भान मात्र परेको समेत भनिएको छ । प्रचण्डलाई चीनको प्रश्नः पहिलेको प्रतिबद्धता विर्सेको हो ? -
तर पाकिस्तानमा भने नेपाल र भुटान भारतका लागि बराबर हैसियतका भएको भन्ने बुझाइ रहेको पत्रिकाले देखाएको छ । कुनै पनि पाकिस्तानी मिडियामा प्रधानमन्त्री प्रचण्डको विषयमा यति आक्रामक सामग्री प्रकाशित गरेको यो पहिलो पटक हो । साभार नेपालीहेडलाइन्स
![]() |

0 comments:
Post a Comment