![]() |
काठमाडौं – तरकारीवालीको नामले सामाजिक संजालमा रातारात भाइरल बनेकी कुसुम श्रेष्ठले आफ्नो लोकप्रियताले शिखर छोएकोमा दङ्ग भएको बताइन् । महिलाखबर डट कमसँगको टेलिफोन संवादमा उनले आफ्नो फोटो भाइरल भएको कुरा साथीमार्फत थाहा भएको बताइन् । साथीले उक्त फोटो फेसबुकको मेसेन्जरमा हालेपछि बल्ल उनले आफ्नो फोटो भाइरल भएको विश्वास गरिन् ।
गोरखा वाङलिङकी कुसुम अहिले चितवनको टाँडीमा क्वेष्ट मोडल कलेजको ११ कक्षामा पढिरहेकी छिन् । चितवनमा काकाको घरमा बस्दै आएकी उनी बुवा आमाको व्यवसायिक तरकारी खेतीलाई घर गएका बेला सघाउने गरेको उनले बताइन् । उनी भन्छिन्, ‘दसैंतिहारको बिदामा गोरखा घर गएका बेला गोलभेंडा बेच्न फिस्लिङ आएकी थिएँ, त्यतिबेला नै मेरो फोटो कैद भएछ ।’
यसपटक इन्टरनेटको नयाँ सनसनी बनिन् नेपालकी यी तरकारी बेच्ने युवती, जताततै वाहवाही
चन्द्र नारायण श्रेष्ठ र ज्ञानु श्रेष्ठकी एक्ली छोरी कुसुमले चलचित्र खेल्ने र मोडलिङ गर्ने प्रस्ताव आए आफूले त्यसलाई स्विकार्ने बताउँदै अब कसैलाई पनि आफ्नो तस्बिर खिच्न नदिने स्पष्ट पारिन् ।
पर्यटन व्यवसायी कीर्तिपुर निवासी रुपचन्द्र महर्जनले त्रिशुलीमा पर्यटकलाई र्याफ्टिङ गराइसकेर पारी पट्टीको गाउँमा घुमाउन लैजाने क्रममा गोरखा र चितवन जोड्ने फिस्लिङको झोलुङ्गे पुलमा उनको तस्बिर खिचेको उनले स्रोतलाई बताए ।
![]() |

0 comments:
Post a Comment