पाकिस्ताद्धारा भारतमा निरन्तर आक्रमण, आक्रमणमा भारतीय फौजमा कार्यरत नेपालका २० वर्षीय बिमल तामाङको मृत्यु



काठमाडौँ । केही समय यतादेखि जारी भारत पाकिस्तान विबादमा भारतीय फौजमा कार्यरत नेपालका २० वर्षीय बिमल तामाङको मृत्यु भएको छ ।

पाकिस्तानी सीमा सुरक्षामा खटिएका रेन्जर र भारतीय फौजबीच एलओसी नजिकै राजोरी र मेन्ढर क्षेत्रमा सोमवार दिनभरजसो गोली हानाहान भएका बेला नेपाली युवा तामाङको मृत्यु भएपछि नेपालीहरु पनि सोखमा डुबेका छन् ।

राजोरीको तारकुण्डी, मन्जाकोट र गम्भीर क्षेत्रमा पाकिस्तानी रेन्जरसँग भएको भिडन्तका क्रममा भारतीय बोर्डर सेक्युरिटी फोर्समा कार्यरत नेपालको धरान निवासी २० वर्षीय बहादुर राइफलम्यान बिमल तामाङको ज्यान गएको बताइन्छ ।

भिडन्तमा भारतीय सेनाका थप चार जवान घाइते भएका छन् भने यो घटनामा एकजना महिला पनि मारिएकी छन्। उक्त हमलामा ठू‍लोमात्रामा गोलाबारी भएको बिबिसीले जनाएको छ ।
Share on Google Plus

About news khabar

0 comments:

Post a Comment