भारतीय राष्ट्रपति र प्रचण्डविरुद्ध उर्लियो सामाजिक सञ्जाल, जताततै विरोध,डाक्टर केसी भन्छन ‘



काठमाडौं १७ कार्तिक | भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा राजधानीमा सवारी आवागमन प्रभावित पारिनुका साथै पैदलयात्रुलाई समेत रोक लगाइएको विरोधमा तीव्र असन्तुष्टि प्रकट भएको छ । तर, यो विरोध विसं. २००७ सालको जस्तो कालोझण्डामा प्रकट नभई फेसबुक र टि्वटरमार्फत् प्रस्फुटित भइरहेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले फेसबुक र ट्विटरमा #लम्पसारवाद, #IndianPresidentNotWelcome, #PranabDaSaySorry जस्ता ह्यासट्याग चलाएर सरकारले छिमेकी राष्ट्रप्रमुखको स्वागत गर्ने नाममा नागरिकलाई सास्ती दिएकोमा चर्को विरोध गरेका छन् ।

कसले के भने ?
सरकारले मुखर्जीको सम्मानमा फौजी शैलीमा उपत्यका बन्द गरेको टिप्पणी गर्दै लेखक खगेन्द्र संग्रौलाले लेखेका छन्, ‘आज सरकारी उपत्यका बन्द, त्यो पनि फौजी शैलीमा ! नागरिकलाई गृहनजरबन्द ! दिनभरि तानाशाहीबारे पाब्लो नेरूदाका कविता पढ्छु । अवसरका लागि धन्य सर्कार !’
डा. सुधांशु केसीले व्यङ्ग्यात्मक शैलीमा सरकारलाई स्याबासी दिएका छन्, ‘अघोषित नाकाबन्दीको उपहार दिने नाइकेलाई अघोषित काठमाडौं बन्दको उपहार ! क्याबात नेपाल सरकार !!’
डा. केसीले नै अर्को ट्विटमा लेखेका छन्, ‘आउन पाएको छैन, मलाई त अतिथि तुम कब जाओगे भन्न मन लागिसक्यो ! तपाईँलाई नि ?’
स्तै, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले सामाजिक सञ्जालको शक्तिलाई इंगित गर्दै लेखेका छन्, ‘सामाजिक सञ्जालमा प्रकट जनअभिव्यक्तिलाई नजरअन्दाज नगरियोस् । यस्तो सहज अवसरले हरेकले मनको तीतो प्रकट गरेका छन् । नत्र सडकमै विरोध हुन सक्थ्यो ।’
आज सार्वजनिक बिदा दिनुका साथै सडक ठप्प पारिएकोमा गरिमा राणाले तीतो पोखेकी छिन्, ‘भारतले त्योबेला अघोषित नाकाबन्दी गर्‍यो, अहिले सरकारले सार्वजनिक बिदाको नाउँमा अघोषित कर्फ्यु ।’
साहित्यकार उमा सुवेदीले पूकारा गरेकी छिन्, ‘यो अतिचार सहन गाह्रो भो त भोलेनाथ । हाम्रो बाटामा पैदल चल्न पनि नपाइने रे !’
नेपाल प्रहरीले सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न सुझाउँदै गरेको ट्विटमा जवाफ फर्काउँदै प्रकाश गुरागाईँले टिप्पणी गरेका छन्, ‘सडक जति सबै सडक बन्द गरेर बैकल्पिक सडक प्रयोग गर रे । हृवाट अ जोक !’
यस्तै, पत्रकार लेनिन बञ्जाडेले सडकमा पैदल यात्रुलाई समेत रोक लगाइएकोमा असन्तुष्टि पोखेका छन्, ‘हेर्दाहेर्दै सरकारले लम्पसार दिवस मनाउन पैदलयात्रीलाई पनि हिँड्न नदिने गरी कर्फ्यु लगाएछ !’
चाप्लुसीलाई प्रश्रय दिने सरकारी शैलीप्रति कडा टिप्पणी गर्दै पत्रकार गजेन्द्र बुढाथोकीले लेखेका छन्, ‘आखिर एउटा रेफको त फरक, मुखर्जी आउँदा अघोषित कर्फ्यु लगाउने मूर्खजीहरू !’
महाप्रसाद खतिवडाले लेखेका छन्, ‘आजदेखि मुखर्जी पर्व र छठ पर्व सुरु भएका छन् । मुखर्जी पर्वका अवसरमा लम्पसारवादको शुभकामना र छैठ पर्वका अबसरमा हार्दिक मंगलमय शुभकामना ।’
नेपाली नेताहरुको चाप्लुसी शैलीबारे टिप्पणी गर्दै रोहिनी आचार्यले लेखेका छन्, ‘मुखर्जी विमानस्थल आउँदा हाम्रा नेतालाई २-४ लिटर तेल, बुटपालिस र ब्रश दिएर स्वागतमा राख्दा हुने । प्रभुभक्ति, गुलामी र मोलाइ त्यही सुरु गर्थे ।’
मुखर्जीको भ्रमणमा आज सार्वजनिक बिदा दिइएकोमा पत्रकार प्रकटकुमार शिशिरले व्यङ्ग्य गर्दै ट्विटरमा लेखेका छन् – ‘आज त खासमा सरकार मरेको शोकमा बिदा हो । हार्दिक श्रद्धाञ्जली सरकार !’
बाबाजी ह्यान्डलबाट ट्विट गर्ने प्रकाश लामिछानेले छिमेकी मुलुकसँगको सम्बन्धमा नेपालीको दुईथरि अतिवाद रहेको औंल्याएका छन्, ‘हामीकहाँ दुईखाले वादहरु जबर्जस्त भएर आए: लम्पसारवाद र उग्र राष्ट्रवाद । दुबै अतिवादको चेपुवामा आम नागरिकहरु ! यसको उपचार के होला ?’
शहर चकमन्न पारेर गरिएको स्वागतलाई सीमान्त दाहालले फरक नजरले हेरेका छन् । उनी लेख्छन्, ‘भारतीय राष्ट्रपतिलाई सन्नाटा छाएको शहरमा गरिएको स्वागत नाकाबन्दी विरुद्धको व्यङ्ग्य नै हो, राष्ट्रपतिले unwelcome महसुस गरुन् ।’
नाकाबन्दीबारे निरज श्रेष्ठ लेख्छन्- आफ्नै देशमा ३ किलोमिटर डायामिटरको जेलभित्र बन्द भइयो, पोहोर पुरा देशलाई नै जेल बनाएको थियो यो मुखर्जीले ।
Sponsored by Revcontent



- See more at: http://www.lightnepal.com/54496/#sthash.PAGB9uEt.dpuf
Share on Google Plus

About news khabar

0 comments:

Post a Comment